[ad_1]
काठमाडौं : नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ ।
आज बिहान बसेको एशोसिएशनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
महाअभियोग छानबिन समितिले प्रतिवेदन दिएर दोषी देखाएको अवस्थामा जबरा सर्वोच्च प्रवेश गर्न नपाउने बारको निस्कर्ष छ ।
बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्ने र जबरालाई प्रवेश गर्न नदिने बताए ।
निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार सर्वोच्च प्रशासनमा फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएका थिए ।
लगत्तै बारले आकस्मिक बैठक बसेर प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
जबरा सर्वोच्च फर्कन खोजेपछि अदालतको मुख्य गेटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की लगायतका न्यायाधीशहरु भने सर्वोच्च अदालत भित्र छिरिसकेका छन् ।
सरकारले पनि प्रधानन्यायाधीश जबरा सर्वोच्च छिर्न नमिल्ने बताएको छ । सर्वोच्का न्यायाधीशहरुले पनि राणाविरुद्ध आन्दोलनको तयारी गरेका छन् ।
प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा सर्वोच्च अदालत फर्किन लागेका छन् ।
राणाविरुद्ध २०७८ फागुन एक गते महाभियोगको प्रस्ताव दर्ता भएको थियो । दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए ।
[ad_2]
Source link