अमेरिकामा कोरोना महामारी अन्त्य भएको घोषणा

0

[ad_1]

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोना महामारी अन्त्य भएको घोषणा गरेका छन । बाइडेनले अझै केही समस्या रहे पनि सुधारको सन्तोषजनक अवस्था देखिएको भन्दै महामारी अन्त्य भएको घोषणा गरेका हुन । सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा बाइडेनले कोरोना नियन्त्रणमा अमेरिकाले निकै धेरै काम गरिरहेको बताए । अमेरिकाले देशका ६५ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिइसकेको छ । अमेरिकामा कोरोनाका कारण १० लाखभन्दा बढी मानिसको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिले पनि दैनिक ४ सय बढी मानिसको मृत्यु भइसकेको छ। गत हप्ता मात्रै कोरोनाबाट तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ । सन् २०२१ को जनवरीमा कोरोनाबाट एक हप्तामा २३ हजार मानिसको मृत्यु भएको थियो । केही दिनअघि विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले पनि कोरोना महामारी अन्त्य हुन लागेको संकेत प्राप्त भएको जनाएको थियो ।।

[ad_2]

Source link

Leave A Reply

Your email address will not be published.